सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

A notice in Nepali from Mechinagar Ward No. 10

१५ माघ, काठमाडौँ : सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।

उनका अनुसार गत बिहीबार नै महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।

‘ढिलोमा भोलि (सोमबार)सम्म सर्वोच्चमा हाम्रो निवेदन दर्ता भइसक्छ,’ उनले भने । केन्यामा भएको क्रिकेट म्याच खेल्न जानुअघि नाबालिगलाई तिलगंगास्थित एक होटलमा लगेर बलात्कार गरेको लामिछानेमाथि अभियोग छ । उक्त अभियोग लागेपछि लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाइएको थियो ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.