सर्वोच्चको निर्णय पालना गरेर अघि बढ्छौँ : प्रदिप ज्ञवाली

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, काठमाडौं : नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको निर्णयलाई पालना गर्ने बताउनु भएको छ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने  र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अदालतको पछिल्लो फैसलाले  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन खल्बल्याएको छ। तर पनि हामी निर्णय मान्छाैं।’

अदालतको निर्णयबारे अब कसरी अघि बढ्ने भन्नेबारे  पार्टीमा गम्भीर छलफल गरेर धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ।

अदालतको फैसलाले बहुदलीय प्रणाली र दलहरूको भूमिकामा समेत प्रश्न उठाएको बताउनु भयो।

प्रधानमन्त्रीले अब राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘निर्णय मान्छाैँ भनेपछि थप ब्याख्या आवश्यक पर्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.