१० लाख रुपैयाँ धराैटी बुझाएर विजय गच्छदार रिहा

A notice in Nepali from Mechinagar Ward No. 10

३० असार, काठमाडाैं : नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख धराैटी बुझाएर बिशेष अदालतबाट रिहा भएका छन्।

अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान मात्र अदालतमा पुगेका थिए।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो। मुद्दाको म्याद बुझ्न पटक पटक अस्विकार गर्दै आएका गच्छदार अदालतको फरार सूचीमा थिए।

आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाइको विशेष अदालतका सह-रजिष्टार तथा प्रवक्ता विश्वराज पाण्डेयले जानकारी दिए।

अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार विरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन्। भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.