सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली, भोलि ‘फुल कोर्ट’ बस्ने

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, काठमाडौँ : सर्वोच्च अदालतमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली लागु गरिने भएको छ।

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिनेगरी तयारी अगाडि बढाएको सर्वोच्च अदालत प्रशासनले जनाएकाे छ। त्यसबारे न्यायाधीशलाई पनि सो जानकारी दिइसकिएको बताइएको छ।

गोलाप्रथा प्रणालीकै विषयमा आवश्यक निर्णय गर्न भोलि (बिहीबार) सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्ने भएको छ। त्यसमा फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सबै न्यायाधीशको उपस्थिति रहने जनाइएको छ।

गत बिहीबार मात्र फुल कोर्टले सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था गरेको थियो। गोलाप्रथाबाट पेसी तोकिने व्यवस्थासहित सर्वोच्च अदालत नियमावली संशोधनको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि न्यायाधीशहरु आन्दोलनमा उत्रिएका थिए। गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि उनीहरू नियमित सुनुवाइमा फर्केका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.