अभियोग पुष्टि नहुने भन्दै रेखा शर्मालाई हिरासतमुक्त गर्ने अदालतको आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

२२ चैत्र, काठमाडौँ:

जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशसभाकी सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको छ।

घरेलु कामदारमाथि यातना दिई दास बनाएको आरोप पुष्टि नहुने भनी यसअघि नै निर्णय भइसकेको आधारमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो। न्यायाधीश जगतबहादुर पौडेलको इजलासले २०८२ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको र उक्त निर्णय कानुनी रूपमा वैध रहेको ठहर गर्दै थप थुनामा राख्न अस्वीकार गरेको जनाएको छ।

सांसद शर्मा चैत १६ गते काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेकी थिइन्। नेकपा (एमाले)बाट निर्वाचित उनीमाथि एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आशंकामा अनुसन्धान भइरहेको थियो। सोही प्रकरणमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो। केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको घटना सार्वजनिक भएको थियो।

उक्त बालिकाको विषयमा तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत पीडितको पक्षमा अभिव्यक्ति दिएका थिए। उनले पीडितलाई हिम्मत नहार्न आग्रह गर्दै अन्यायविरुद्ध लड्न शिक्षा र सचेतना आवश्यक रहेको उल्लेख गरेका थिए।

तर जिल्ला अदालतले मिसिल संलग्न कागजातहरूको अध्ययनपछि पीडितको पढाइ निरन्तर रहेको र अभियुक्तले संरक्षकको भूमिका निर्वाह गरेको देखिएको निष्कर्ष निकालेको छ। सोही आधारमा अदालतले शर्मालाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।

अदालतको आदेशसँगै अब उनलाई थुनामुक्त गरिने प्रक्रिया अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.