पल शाह प्रकरण : पीडित नाबालिकाले नवलपुर अदालतमा पनि फेरिन् बयान

A notice in Nepali from Mechinagar Ward No. 10

७ वैशाख, नवलपुर : कलाकार पल शाहले बलात्कार गरेको भन्दै न्यायालय पुगेकी पीडित नाबालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छिन्।

पीडित भनिएकी बालिकाले आफूमाथि जबरजस्ती करणी नभएको र शाह निर्दोष रहेको बयान दिएको नवलपुर जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिए। ‘उनले बयान फेरेकी छिन्,’ तहसीलदार क्षेत्रीले भने, ‘जाहेरीमा दिएको कुरा गलत हो। हामी कलाकार हौं। सँगै काम गरेका हौं, सुटिङमा आएका पनि हौं, राति भेट भएको छैन र कुनै किसिमको करणी भएको छैन भन्ने उनको कुरा आयो।’

जिल्ला अदालत नवलपुरले अब बालिकाका बाबु र अरु साक्षीहरुको पनि बकपत्र गराउनेछ। गत आइतबार तनहुँ जिल्ला अदालतमा बयान फेर्दै आफूमाथि कुनै बलात्कार नभएको र शाह निर्दोष भएको बताएकी थिइन्। त्यसको भोलिपल्ट मंगलबार उनका बाबुले समेत बयान फेरेका थिए।

जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले शुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भनी बयान फेरेका थिए। पीडित भनिएकी बालिकाले तनहुँ अदालतमा बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.