निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : वर्षमान पुन

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् ।

‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो,’ संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’

नेता पुनले पार्टीले राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको पनि खुलाए । विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको उनले बताए । ‘पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो,’ उनले भने, ‘यद्यपि उहाँले राजीनामा दिन अनिवार्य थिएन । विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन ।’

पुनले थपे, ‘भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन । अर्थमन्त्रीजीले उच्च नैतिकता देखाउनुभएको छ। छानबिनलाई सहयोग गर्छु भन्नुभएको छ, त्यो स्वागतयोग्य कुरा हो ।’

छानबिनको काम पुरा नहुँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दोषी करार गर्न खाजेको भन्दै पुनले त्यो पूर्वाग्रही र राजनीतिक उदेश्यले प्रेरित रहेको समेत टिप्पणी गरे । ‘पहिले नै पूर्वाग्रह राखेर छानबिन सुरु गर्ने भनेको त्यो पूर्वाग्रही सोच हो’, उनको भनाइ छ, ‘त्यसमा राजनीतिक उद्देश्य देखिन्छ । तर, संसदीय समितिले निष्पक्ष र स्वतन्त्र ढंगले काम गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.