मौन अवधिमा सामाजिक सञ्जालमा चुनाव लक्षित सामग्री पोस्ट गर्न नपाइने

A notice in Nepali from Mechinagar Ward No. 10

२६ वैशाख, काठमाडौँ : वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिएका हुन्।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले मंगलबार राति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ।

आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताए।

यसैगरी, आयोगले कालो, रातो, निलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ।

त्यस्तै मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षाले समस्या पार्ने भएकाले यस्तो हुन नदिन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताए।

साथै आयोगले निर्वाचन आचारसंहिताविपरीत समाचार छापेको भन्दै गोरखापत्र लगाइतका सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको उनले बताए।

त्यस्तै प्रवक्ता पौडेलले यसअघिको निर्वाचनभन्दा अहिलेको निर्वाचन तुलनात्मक रुपमा सस्तो हुने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.