नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

२२ असार, काठमाडौँ : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ।

बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ।

त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै गृह मन्त्री बालकृष्ण खाणले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरी पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

मन्त्री खाणले नै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवदेन सहितको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल र पारितका लागि पेश गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको संघिय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

संसदबाट नागरिकता विधेयक फिर्ता लिएर आजै अर्को विधेयक पेश गर्ने तयारी सरकारको छ। तर संसद सचिवालयले यसलाई कार्यसूचीमा राखेको छैन। चार वर्षअघि संसदमा दर्ता भएको र संसदीय समितिबाट पनि बहुमतले पास भएको नागरिकता विधेयक हिजो बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.