लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, दाङ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो ।

प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । संसद् चलिरहेको र बहालवाला राज्यमन्त्री भएका कारण बुटवल पठाएको उनले जानकारी दिए । ‘सदन चलिरहेको बहालवाला मन्त्रीलाई यसरी राख्न मिल्दैन,’ उनले भने, ‘राज्यमन्त्री भएकाले धेरै प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । उहाँलाई हामीले कानुन सम्मत र प्रक्रिया पुर्याएर छोडेका छौं ।’

राज्यमन्त्री वलीले मंगलबार तुलसीपुरका वाईसीएल नेताका एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीमाथि कुटपिट गरेको आरोप छ । पीडित महिला मिना भण्डारीले भने आफूमाथि राज्यमन्त्री वलीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरी प्रमुख सुरेश काफ्लेले उक्त जाहेरीमाथि अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.