इलाममा लागूऔषधका मुद्दा र दुर्व्सनीको संख्या बढेको बढ्यै

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, मेचीनगरः   पछिल्लो तीनवर्ष इलाममा लागूऔषधका मुद्दा र दुर्व्सनीको संख्या बढेको बढ्यै छ । आर्थिक वर्ष २०७५/०७६ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा जिल्लामा लागूऔषधका मुद्दा र दुर्व्सनीको संख्या बढेको जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार लागूऔषध प्रयोगकै कारण समाजमा अन्य प्रकारका आपराधिक घटना बढ्ने गरेका छन् बेलैमा यसको नियन्त्रण गर्न नसके दिर्घकालिनरुपमा यो हरेक समाजका लागि चिन्ताको विषय बन्छ र ठुल्ठुला दुघर्टना निम्तियाउछ ।

इलाममा आर्थिक वर्ष २०७५/०७६ मा ११ वटा लागूऔषधका मुद्दामा २३ पुरुष र ३४ महिला गरी ५७ जना विरुद्ध लागू औषध सम्बन्धी मुद्दा प्रहरीले चलाएको थियो । प्रहरीको सक्रियताका कारण आर्थिक वर्ष २०७६/०७७ मा यस्ता प्रकृतिका मुद्दामा केही कमि आएपनि गत आर्थिक वर्ष २०७७÷०७८ मा भने बृद्घि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा दर्ता भएका पाँचवटा मुद्दामा नौं जनालाई लागू औषध सम्बन्धी मुद्दा चलाएको थियो । त्यसवर्ष पक्राउ परेका सवै पुरुष हुन् ।

गत आर्थिक वर्ष २०७७/०७८ का २६ वटा मुद्दामा ४ महिला र ४३ पुरुष गरी कुल ४७ जनालाई पक्राउ गरि मुद्दा चलाइएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाई छ । पहाडी जिल्ला भएपनि लागूऔषध प्रयोगकर्ताहरुले इलामलाई सुरक्षित रुपमा पनि लिने गरेको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाहरुको अवस्था हेर्दा १४ देखि ३० वर्ष उमेर समुहका व्यक्तिहरु बढी संलग्न छन् । पहाडी जिल्ला भएपनि लागूऔषध प्रयोगकर्ताहरुले इलामलाई सुरक्षित रुपमा लिने गरेका छन् । प्रहरीले पनि लागूऔषध विरुद्ध सचेतना अभियाननै चलाइ रहेको छ । प्रहरीका अनुसार तथ्याङ्गत रुपमा र मुद्दाहरुको अवस्था हेर्दा लागू औषध प्रयोग बढेकै बढ्यै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.