काँकरभिट्टा माविको बैंक खाताबाट चारलाख बढी रकम गायव : किर्ते हस्ताक्षर गरी रकम निकाल्ने रोशन प्रहरी नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन, मेचीनगरः इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा एकजनालाई पक्राउ गरेको छ । उक्त कसुरमा पक्राउ परेको शायद यो पहिलो घटना हो । यसअघि यस्तो कसुरमा कोही पनि पक्राउ परेका थिएनन् । प्रहरीका अनुसार झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई यो अपराधमा पक्राउ गरेको हो ।

काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक पटक चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा मल्लिकलाई काँकरभिट्टा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मल्लिक अहिले काँकरभिट्टा प्रहरी हिरासतमा छन् ।

पहिलो पटक २०८० चैत ७ गते ४० हजार रुपैयाँ प्रधानध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर निकालेको खुलेको छ । त्यसपछि पछिल्लो पाँच महिनामा २०औँ पटकसम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको अनुसन्धानबाट खुलेको विद्यालयले जनाएको छ । मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखामा रहेको खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेको विद्यालयले जनाएको छ । चैत ७ देखि साउन ७ गतेसम्म २० पटक चेक काटेर पैसा निकालेको विद्यालयले जनाएको छ । विद्यालय स्रोतका अनुसार पाँच हजारदेखि बढीमा ४३ हजारसम्म किर्ते हस्ताक्षर गरी चेकबाट पैसा निकालेका थिए ।

सामाजिक परीक्षण गराउँनका लागि आर्थिक हिसाबकिताब समेत सार्वजनिक गर्नका लागि बैंकसँग हिसाव मिलान गर्दा २० वटा चेकको अद्र्धकट्टी हराएको हराएका चेक नम्बरबाट रकम निकालिएको बैंक स्टेटमेन्टले देखाए पछि खोजी गर्ने क्रममा कार्यालय सहयोगी मल्लिकले खाली चेक चोरी गरी किर्ते हस्ताक्षर गरेर रकम निकालेको पाइएको विद्यालयको भनाई छ । मल्लिक विरूद्ध साउन १३ गते आइतबार विद्यालयले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिए लगत्तै प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बैंकबाट चेक ल्याउने वा रकम जम्मा गर्ने काम उनै मल्लिकले गर्दै आएका थिए । प्रत्येक पटक चेकबुक ल्याउदा केही चेकको अर्धकट्टी समेत निकालेर राख्ने गरेको र विभिन्न समयमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्ने गरेको विद्यलायको लेखा शाखाले जनाएको छ । पक्राउ परेका मल्लिकले शिक्षक, विद्यालयले सामग्री खरिद गर्न र कार्यालय सहयोगी रोशन मल्लिकको नाममा चेक काटेर रकम निकाल्ने गरेको लेखापाल पाण्डेले जानकारी दिए । पक्राउ परेका मल्लिक हाल काँकरभिट्टा प्रहरी हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.