भोलिबाट काठमाडौंको फोहोर उठ्ने (सहमतिपत्रसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२३ जेठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो ।

सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

भोलि ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पुरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

शहरी विकास मन्त्रालय, काठमाडाैैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

हेर्नुहोस् सहमति पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.