सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

A notice in Nepali from Mechinagar Ward No. 10

१४ कात्तिक, काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । काठमाडौंको एक होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार उक्त मुद्दा दायर गरिएको हो ।

उक्त मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । बयानको क्रममा उनले आफूले बलात्कार नगरेको बताएका छन् ।

लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । पीडित किशोरीले प्रहरीकहाँ उजुरी दिएपछि प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.