मेचीनगरमा दुईदिने अन्तरक्रिया सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर, मेचीनगर : झापाको मेचीनगरमा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई लैङ्गिक सहिष्णुता तथा लैङ्गिक हिंसा निवारण विषयक दुईदिने अन्तरक्रिया शनिबार आजदेखि सुरु भएको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला तथा बालबालिका विभाग पुल्चोक ललितपुरको आयोजनमा भएको अन्तरक्रियामा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले विविध विषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको छ । उहाँले महिला विकास तथा सशक्तिकरणका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहे पनि त्यसको अपेक्षित लाभ प्राप्त हुन नसकेको सचिव खतिवडाको भनाई छ ।

मेचीनगर नगरापलिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा शुरु अन्तरक्रियामा सचिव खतिवडाले लैङ्गिक समानताका विषयमा प्रशिक्षण प्रदान गदैं समाजमा महिला र पुरुषको समान पहँुच प्रतिनिधित्व हुनुमा साथै नीति कानुन र व्यवहार समेत समानता हुनु, त्यसैगरी स्रोत साधनमानेर समान पहँुच र नियन्त्रण अधिकार र अवसर लैङ्गिक समानता रहेको बताउनुभयो ।

महिला र पुरुषमा कानुन व्यवहारिक कुनै प्रकारका विभेद नभएको अवस्थालाई लैङ्गिक समानता मान्न सकिने उहाँले स्पष्ट पार्नुभयो । लैङ्गिक अवधारणाका बारेमा प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण प्रदान गदैं कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी सचिव खतिवडाले लैङ्गिक समानता तथा चुनौतीहरुका बारेमा समेत सहभागिहरुलाई जानकारी गराउनुभयो ।

अवधारणत्मक, संस्थागत संरचना अभाव, कानुनी तथा नीतिगत, आर्थिक तथा सामाजिक समस्या, व्यवस्थापकिय समस्या, साँस्कृतिक तथा व्यवहारिक लैङ्गिक समानता तथा चुनौतीहरु रहेको उहाँको भनाई छ । नीतिगत तथा कार्यक्रमगत सुधार, महिला शिक्षामा विशेष जोड दिदैं महिलालाई विश्वविद्यालय सम्मकै निःशुल्क शिक्षाको व्यवस्थापन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको केन्द्रविन्दु बनाएर योजना बनाउनु, असमान कानुनको पुनरावलोकन र संशोधन गदैं अघि बढेर कार्यान्वयन पक्षमा जोड दिनु नै समानताका लागि गरिनुपर्ने उपायहरु रहेको प्रशिक्षणका क्रममा सचिव खतिवडाले जानकारी गराउनुभयो ।

समानताका लागि गरिनुपर्ने सुधार व्यवस्था बारेमा सचिव खतिवडाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उहाँको भनाई छ । अन्तरक्रियामा मेचीनगर नगरपालिका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, सुरक्षा निकायका उच्च अधिकारीसहित सरोकारवालाहरुको सहभागिता रहेको नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख तथा महिला निरीक्षक जयन्ती खरेलले बताउनुभयो ।

भोलीसम्म चल्ने कार्यक्रममा सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महिला तथा बालबालिका विभागका महानिर्देशक मीरा शेरचन, मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले लैङ्गिक समानता तथा लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको नीति तथा कार्यक्रम कार्ययोजना र स्थानीय तहको भूमिका सन्बन्धीलगायतका विषयमा प्रशिक्षण दिनुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.