ओली र नेपाल पक्षका सांसदबीच बैठकमै भनाभन

A notice in Nepali from Mechinagar Ward No. 10

१० साउन, काठमाडौं : नेकपा एमाले भित्रको अन्तरकलह प्रतिनिधि सभाको संसदीय समितिमा पनि छताछुल्ल भएको छ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनी राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको हो।

समितिबाट यसअघि जारी भएका निर्देशनहरु कार्यान्वयनको विषयमा छलफल गर्न डाकिएको बैठकको सुरुमा बोल्दै नेता नेपालले प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरे।

बैठकमा रानाले प्रतिनिधिसभा सर्वोच्चको आदेशबाट पुनर्स्थापना भएको भन्दै प्रतिनिधिसभा विघटनको जिम्मा माधव नेपालहरुले लिनुपर्ने बताए। बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिंदा घरमा सुतेर बस्नेहरुले प्रतिनिधिसभा पुनर्स्थापना भयो भन्दै कराउनुको औचित्य नभएको बताए।

राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे। नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो।

कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै रानालाई हप्काए।

समितिकी सभापति पवित्रा खरेलले रानालाई बोल्ने समय दिन खोजे पनि भट्टले रानालाई बोल्न दिएनन्। एक पछि अर्का सांसद पक्ष विपक्षमा बोल्न थालेपछि केही बेर रमिता भएको थियो।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.