सशस्त्र प्रहरीले हटायो जोरसिमलको चेकपोष्ट

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर : उच्च अदालत विराटनगर इलाम इजलासले जोरसिमलमा राखिएको चेकपोष्ट हटाउन आदेश दिएपछि मेचीनगर–७ स्थित जोरसिमलमा राखिएको सशस्त्र प्रहरी बल (विओपी)कोे चेकपोष्ट हटाइएको छ ।
न्यायाधीसद्वय प्रेमराज कार्की र लोहिचन्द्र शाहको संयुक्त इजलासले यहि साउन २६ गते भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी चेक पोइन्ट स्थापना गर्न नदिनु र महेन्द्र राजमार्गको जोरसिमलमा राखिएको चेकपोष्ट हटाउन आदेश दिएको थियो ।

सर्वसाधारणलाई जाँचका नाउमा दुःख हैरानी हुने कार्य नगर्नु नगराउनु, निर्वाद रुपमा सार्वजनिक आवागमन गर्न दिनु तथा कानुन विपरित हुने कुनै कार्य नगर्नु भनी विपक्षीहरुका नाउँमा यस अदालतले साउन १९ गते जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको आदेश गरेको अधिवक्ता शोककुमार पोखरेलले बताए ।

भर्खरै काँकरभिट्टाको सशस्त्र प्रहरी बलकोे कमाण्ड समाल्न आएका सशस्त्र प्रहरी निरीक्षक निर्मल वस्नेतले अहिले चेकपोष्ट पुरै हटाइहालेको अवस्था चाहि नभएको बताए ।

‘अदालतको साउन १९ गतेको अन्तरिम आदेश अनुसार होल्ड मात्र गरेका हौँ’, वस्नेतले भने–‘चेकपोष्ट हटाउने भन्ने अन्तिम फैसलाको आदेशको पत्र आइपुगेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.