धनगढीमा छोराको हत्या गरेर बुवाले गरे प्रहरीमा आत्मसमर्पण

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक व्यक्तिले आफ्नै छोराको हत्या गरेको स्वीकार गरेका छन् ।

धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्याम चौधरीले छोराको टाउकोमा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.