गाउँपालिका अध्यक्षका उम्मेदवार सशस्त्र प्रहरीको नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

इलाम : नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

राईलाई बुधबार राति वडासदस्य उम्मेदवार सीता कार्कीसहित गाउँपालिकाको वडा नम्बर ५ मा आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयवासीले घेरा हालेका थिए। जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि राईलाई  सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा  उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए। आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले उनलाई कारबाहीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.