गाँजा कारोबारको ट्रान्जिट भत्काउँदै सशस्त्र प्रहरी, भारत जाने तरकारीको गाडीमा तस्करी

A notice in Nepali from Mechinagar Ward No. 10

१६ साउन,  विराटनगर : सशस्त्र प्रहरी बलको टोलीले गत शुक्रबार राति रानी भन्सार कार्यालय नजिकै तरकारी बोकेका गाडीमा खानतलासी गर्यो । बन्दाकोबी बोकेका ट्रकमा शंकास्पद बस्तु ढुवानी गर्न लागेको प्रहरीको आशंका थियो । परीक्षणका क्रममा ट्रकमा गाँजाका बोरा फेला परे ।

ट्रकभित्र ४६ बोरा तरकारी लोड गरेकोमा बीचमा भने ६ बोरा गाँजा राखेको पाइएको थियो । ६ बोरा गाँजा बरामद भएपछि बोर्डर आउट पोस्ट (बीओपी) का सशस्त्र प्रहरीले ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय विवेक राईलाई नियन्त्रणमा लियो । पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय रानीले मुद्दा चलाएको छ ।

संखुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ पैठारी गर्न लगिँदै गरेको उक्त गाडी विराटनगर–१५ भन्सार कार्यालयको स्थित २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो । गाजाँ पठाउने व्यक्तिको विषयमा प्रहरीले खोजी र अनुसन्धानलाई अघि बढाएको छ ।

सशस्त्र प्रहरी बल टंकीसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले केही समययता बढेको गाँजा तस्करीको ट्रान्जिट भत्काउन आफूहरू केन्द्रित भएको बताउँदै भने, “भारततर्फ दैनिक ठूलो मात्रामा गाँजा तस्करी हुने गरेको सूचनाको आधारमा हामीले सुक्ष्म ढंगले निरगानी बढाएका छौं ।”

गत साउन ७ गते धनकुटा र सुनसरीका अलगअलग स्थानबाट ठूलो परिमाणमा गाँजासहित दुईजना पक्राउ परे । अस्थायी प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ आउँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी जाँच गर्दा चार केजी गाँजा बरामद भएको थियो । प्रहरीले शहिदभूमि गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियारलाई गाडीसहित नियन्त्रणमा लियो ।

त्यहीदिन सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ४ बाट पिकअप भ्यानमा सात बोरा गाँजा बरामद भयो । प्रहरीले को १ ख २९२६ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई धनकुटाको सहिदभूमि गाउँपालिका वडा नम्बर २ का २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिएर कारबाही अघि बढायो ।

साउन ३ गते उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ मा सोही नगरपालिकाका ३४ वर्षीय विनेश राई पक्राउ परे । उनले मोटरसकाइलमा राखेर तस्करी गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको थियो ।

केहीअघि मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ बुढीपुलबाट आठ केजी गाँजासहित तीनजना पक्राउ परे । पक्राउ परेका धनकुटा सागुँरीगढी गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय मिलन राई, ३० वर्षीय सुरेन्द्र राई र २९ वर्षीय बाला राईलाई प्रहरीले आवश्यक कारबाही गर्न मुद्दा अघि बढाएको छ । उनीहरूले जेब्रा झोलामा लुकाएर गाँजा राखेको पाइएको थियो ।

नेपाल–भारत सीमा हुँदै भारततर्फ तस्करी गर्ने मनसायसहित गाँजाको कारोबार हुने गरेको अनुसन्धानले देखाएको एसपी लामिछानेले बताए । उनी भन्छन्, “हामीले सिमानामै रोक्ने र तस्करी हुन नदिने योजना अनि तयारीसाथ निगरानी बढाएका छौं ।” नेपालमा गाँजा प्रयोगलाई कानुनी मान्यता दिइएको छैन । गाँजाको बिक्री वितरण गर्न पाइँदैन । प्रदेश–१ का धनकुटा र उदयपुरमा व्यवसायिक रुपमै गाँजा खेती गरेर त्यसलाई भारततर्फ पठाउने गरिन्छ ।(बाह्रखरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.