प्रचण्डको अभिव्यक्तिप्रति हिन्दु परिषद्को आपत्ति

A notice in Nepali from Mechinagar Ward No. 10

२ असोज, काठमाडौँ : विश्व हिन्दु परिषद् नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
परिषद्ले आज एक विज्ञप्ति निकालेर प्रचण्डको टिप्पणी अराजक एव्ं हिन्दुविरोधी भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा शनिबार माओवादी अध्यक्ष प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिंड्ने प्रचलन रहेको बताएका थिए।

उनको अभिव्यक्तिले बहुसंख्यक जनताको धार्मिक आस्था तथा मनोभावनामाथि ठाडो प्रहार गरेको परिषद्को बुझाई छ। परिषद्ले समग्र हिन्दु धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई प्रचण्डले उपहास गरेको भन्दै धार्मिक‚ सांस्कृतिक र संवैधानिक मर्यादाप्रति सचेत रहन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.