सर्वोच्चमा एमालेको जिकिर- कारवाही गरिएका १४ को सनाखत पनि गलत (रिटसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भदौ, काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आफूहरूबाट विभाजित नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ। एमालेले बुधबार आयोगविरुद्ध दायर गरेको रिटमा प्रचलित कानून बमोजिम एकीकृत समाजवादीको दर्ता नै गलत भएको जिकिर गरिएको छ।

एमालेले छुट्टै दल दर्ता गर्दा आफूहरूलाई जानकारी नै नदिई, कुनै पत्राचार नगरी र रोहवरमा नराखी प्राकृतिक न्याय र सिद्धान्तविपरीत दल विभाजन गरिदिएको आरोप लगाएको छ।

त्यस्तै १४ जनालाई एमालेबाट निष्कासन गरी संघीय संसद सचिवालयमा निवेदन दर्ता गरेको र उक्त कुरा विचाराधीन रहेको अवस्थामा रहँदा रहँदै जबरजस्ती छुट्टै दल दर्ता गरेको अरोप लगाइएको छ।

एमालेले अघिल्लो दिन एउटा दलका नाममा दिएको निवेदनलाई फेरि नयाँ दल दर्ता हुँदा पनि मान्यता दिएको भन्दै प्रश्न उठाएको छ ।

हेर्नुहोस् एमालेद्वारा सर्वोच्चमा हालेको रिट :

नेपालप्रेसबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.