ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै, एमालेको आन्दोलन जारी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं  : भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ।

शनिबार बिहान निवासबाटै पक्राउ गरिएका दुवै नेतालाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने तयारी गरिएको हो। प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिनुपर्ने कानुनी प्रक्रिया अनुसार उनीहरूलाई पेस गर्न लागिएको जनाइएको छ।

पक्राउपछि नेता ओली स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना भएका छन् भने नेता लेखक हाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखिएका छन्।

यसैबीच, ओलीको पक्राउको विरोधमा नेकपा एमालेले शनिबारदेखि देशभर आन्दोलन सुरु गरेको छ। पार्टीले आज पनि प्रदर्शन तथा विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.