धार्मिक र सहिष्णुतामा खलल पुर्‍याउने गतिविधि बढ्यो:संस्कृति,उड्डयनमन्त्री सुदन किराती

A notice in Nepali from Mechinagar Ward No. 10

इलाम।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् ।
पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्‍याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको विकल्प सोच्नै नसकिने बताए ।

‘धर्मनिरपेक्षतामा सबै जातजाति र धर्मावलम्बीले समान रुपमा फुल्न पाउँछन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘पुरानो व्यवस्था फर्काउने कसरत नगर्नुहोला, यो सम्भव छैन ।’

मन्त्री किरातीले हजारौँको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोज्न आग्रह गरे । पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनुपर्ने बताए । ‘नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । यी विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ,’ उनले भने, ‘माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।’

आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्दै उनले माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.