‘सिद्धबाबा कृष्णदास’ लाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

A notice in Nepali from Mechinagar Ward No. 10

१३ शनिबार, मङ्गसिर , २०७७

काठमाडौं । बलात्कार आरोपमा मुछिएका धर्मगुरू ‘सिद्धबाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरी लाई धरौटीमा छाड्न सर्वोच्चले अस्वीकार गरेको छ । मुद्दाको टुंगो नलाग्दासम्म जेलमै बस्नुपर्ने भएको छ ।

उनीविरूद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तिम आदेश दिएको छ। आदेशमा “कानुन बमोजिम गर्नू” भनिएको छ।

उनीविरूद्ध बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी मुद्दा सर्वोच्चमा गत कार्तिक १९ गते दर्ता भएको थियो। न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्‍गानाको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाई गर्दै कानुन बमोजिम गर्नू भन्ने आदेश दिएको हो।

मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद-१८ को करणीसम्बन्धी महलमा बलात्कृत भएकी महिलाको उमेर १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेर भएमा ७ देखि १० वर्षसम्म कैद सजायको प्रावधान छ।

गत वर्षको कात्तिक ४ गते सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा मध्यरातमा बोलाएर एक जना महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

सुनसरी जिल्ला अदालतले गत वर्षको पुस १४ गते तीन लाख धरौटीमा रिहा गरी मुद्दालाई पुर्पक्ष गर्न आदेश दिएको थियो।

अदालतको उक्त आदेशप्रति असन्तुष्ट हुँदै पीडित महिला मुद्दाको पुनरावेदन गर्न उच्च अदालत विराटनगर पुगेकी थिइन्।

उच्च अदालतले धरौटीमा राख्ने जिल्ला अदालतको आदेश उल्टाउँदै गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यस विरूद्ध गिरी सर्वोच्च अदालत आएका थिए । सर्वोच्च अदालतको आजको आदेशसँगै गिरी जिल्ला अदालतबाट मुद्दाको अन्तिम टुङ्गो लागुन्जेल थुनामा बस्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.