कञ्चनजंघातिर फैलिदै पाथीभरा क्षेत्रमा लागेको डढेलो

हेलिकोप्टरबाट आगो नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन सकेन

A notice in Nepali from Mechinagar Ward No. 10

ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न सोमबार सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको उनले बताए ।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँच पटक जोरपोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास गरिएको थियो । डडेलोले मन्दिर परिसर क्षेत्रका संरचनामा भने कुनै असर पारेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

विहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जंगलमा अझै आगो सल्किरहेकाले सिरिजंघा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.