जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, काठमाडौँ : यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए ।

उनले भने,‘ भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाध्न मिल्ने उनले बताए । नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ ।

तर यसवर्ष पूर्णिमा दुई दिन भेटेको हुनाले प्रतिपदा पनि भोलि नै परेको ढुंगेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.