नेपाल मानव धर्म सेवा समितिको आयोजनामा लुम्बिनी अञ्चलमा महान् सत्संग समारोह सुरु भएको छ। 
आइतबारदेखि सुरु भएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली बाईजीले यो अध्यात्मको मञ्च धर्म मान्नेहरुको लागि मात्र नभई विज्ञान पढ्नेहरुको पनि भएको बताउनु भयो। अहिले कोभिड पुर्णरुपमा ठिक नभएपनि मानव मनलाई शान्त पार्न पनि अध्यात्मको खाँचो रहेकाले कार्यक्रमको आयोजना गरिएको प्रष्ट पार्नुभयो। यो धर्म कुनै एक जाति, सम्प्रदाय विशेषको नभई सनातन धर्म भएकाले यसको प्रचारप्रसारमा लाग्नु हाम्रो कर्तव्य भएको बताउनुभयो।
लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा चाँदना बाईजीको सभापतित्वका कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता सुकुम्बासी समस्या सामाधान आयोग लुम्बिनी प्रदेश अध्यक्ष बल बहादुर आचार्यले गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी सन्तमहात्माहरुले आफ्नो अनुभव सुनाएका थिए।
कार्यक्रमको दोस्रो दिन सोमबार बिहान प्रभातफेरि कार्यक्रमसहित सत्संग प्रवचनको कार्यक्रम राखिएको समितिले जनाएको छ।





















