राम जन्मभूमि नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो : ‌ओली

A notice in Nepali from Mechinagar Ward No. 10

१३ कार्तिक, काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताएका छन् । उनले भारतको फैजावादलाई अयोध्या भनिएको दाबी गरेका छन् ।

ललितपुरमा पुस्तक विमोचन समारोहमा शनिबार बोल्दै ओलीले रामको जन्म नेपालमा भएको भनेर अभिव्यक्ति दिँदा विगतमा भूइँचालो जालाजस्तो भएको बताए ।

नेपालमा ऋषिमुनी र रामलगायतको जन्म भएको भन्दा ‘छिमेकी’ पीर पर्ने गरेको पनि ओलीले बताए । ‘हाम्रा छिमेकीहरूलाई कहिले-कहिले कालीदास हाम्रै हो भन्दा पनि पीर पर्छ,’ ओलीले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’

प्रधानमन्त्री पदमा बहाल रहँदा ओलीले रामको जन्म नेपालको चितवनस्थित ठोरीको अयोध्यामा भएको अभिव्यक्ति दिएका थिए । २०७७ असारमा ओलीले रामजन्मबारे दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टीकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको प्रष्टोक्ति दिएको थियो ।

सोही कुराको स्मरण गर्दै ओलीले भने, ‘झन्डैं एकपल्ट के के न भूइँचालो जालाजस्तो भयो । सही कुरा त्यै हो, तर भूइँचालो जालाजस्तो उत्पात आँधीहुरी ।’

आफूले राजनीति नभई ऐतिहासिक तथ्यको, खोजको कुरा गरेकामा विरोध भएको ओलीको भनाइ थियो । नेपाल ऋषिमुनीहरुको भूमि भएको उनको भनाइ थियो ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.