क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२१ फागुन, मेचीनगर : झापाको मेचीनगरमा ७ मा सन्चालित ३ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ ।
आदिवासी जनजाति समुदायलाई लक्षित गरेर वडा नम्बर ७ स्थित किरात याक्थुड्ं चुम्लुड्ंको सभाहलमा शुक्रबारदेखि आयोजना गरिएको ३दिने तालिम सम्पन्न भएको हो ।

सो तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष प्रसाद मणि ओलिले प्रशिक्षार्थीहरूलाई तालिममा सिकाइका कुराहरूलाई व्यवहारमा लागु गर्दै अब्बल बन्नका लागि शुभकामना दिए ।

नेपाल आदिवासी महासंघ समन्वय परिषद मेचीनगर वडा नः७ को आयोजनामा सम्पन्न ३ दिने तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष भूमिका लिम्बू फियाकले सहजीकरण गरेकी थिइन् ।

तालिममा आदिवासी जनजाति समुदायका ६ जना पुरूष सहित ५० जना भन्दा बढी प्रशिक्षार्थी सहभागी थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष ओम प्रकाश खापुड्ं,सहजकर्ता भूमिका लिम्बू फियाक,वडासदस्य रूपा गुरूड्ं आदिले मन्तव्य राखेको थिए।
प्रशिक्षार्थीहरुको तर्फबाट निलम राई,मनमाया भुजेल,सबिना लिम्बू,रमेश हेमरन,सुस्मिता मुर्मु आदीले आफ्नो सिकाईको अनुभव राखेको थिए।

सचिव मिनमाया लिम्बूले सञ्चालन रहेको समापन कार्यक्रम अध्यक्ष राम शंकर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.