नेपालको मानव विकास सूचाकांक मध्यम

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नेपाल मानव विकास प्रतिवेदन २०२० सार्वजनिक भएको छ। अर्थमन्त्री विष्णु पौडेलले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय योजना आयोगले सयुक्त राष्ट्र संघीय विकास कार्य्रकम(युएनडिपी)को सहकार्यमा तयार पारेको प्रतिवेदनले नेपालको मानव विकास सूचाकांक सार्वजनिक गरेको छ। प्रदेशगत रुपमा विभिन्न सूचकहरुसमेतको तुलनात्मक सूचकसमेत प्रतिवेदनमा उल्लेखित छन् ।

प्रतिवेदनअनुसार सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.५८७ रहेको छ। जुन सन् २०१८ मा ०.५७९ अंक थियो।

प्रदेशअनुसार सूचकमा सबैभन्दा माथि बागमती प्रदेश रहेको छ भने पुछारमा कर्णाली रहेको छ। दोस्रोमा गण्डकी,तेस्रोमा प्रदेश १, चौथोमा लुम्बनी प्रदेश रहेको छ। पाँचौमा प्रदेश २ छ भने छैटौंमा सुदूरपश्चिम प्रदेश छ।

त्यस्तै लैगिक असमानता सूचकमा पनि नेपालको अवस्था सुधारोन्मुख रहेको छ। प्रतिवेदनअनुसार सन् २०१९ मा नेपालको सूचकांक ०.४७९ रहेको छ। यस्तो अंक २०१८ मा ०.४७६ थियो। प्रदेशका हिसाबले सबैभन्दा धेरै लैगिक असमानता कर्णाली प्रदेशमा छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.