अलविदा उपेन्द…… जहाज चढेर गएको छोरो फर्किदा बाकसमा

A notice in Nepali from Mechinagar Ward No. 10

‘कालो बादल नीलो आकाशमा,
गए आमा चढेर जहाजमा,फर्के बाकसमा’
चलचित्र परदेशीको लागि गायिका उषा मगरले गाएको यो गीत आइतबार झापा मेचीनगरवासीले एक पटक सम्झिए । गायिका उषा मगरले भने झै सात पुरा गरेर आठवर्ष लागेछ झापा मेचीनगरका ५२ वर्षीय उपेन्द्रमणि भुजेल जहाज चढेर रोजगारका क्रममा मलेसिया पुगेको पनि । यतिका वर्षपछि छोरो आउने आशमा बसेको भुजेल परिवारले गएको भदौ १४ गते एकाएक नसोचेको पीडा व्यहोर्नु पर्यो ।

गएदेखि एकपटक पनि घर नफर्किएका उपेन्द्रको २०७८ भदौ १४ गते रोजगारीका क्रममा मलेसियामा निधन भयो । मृत्यु भएको ६ दिन पछि उपेन्द्र काठको बाकसमा स्वदेश फर्किए आफन्तलाई रुवाउदै । १९ गते विहान ७ बजेर ५५ मिनेट जादा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुग्ने पक्कापक्की भएपछि झापाबाट शव लिनका लागि उनको परिवार काठमाण्डौं पुगेको थियो । शव ल्याउने खवरले बिहानैदेखि उनको घरमा मानिसको ओहोरदोहोर बाक्लै थियो । मध्यरातमा निजी निवासमा उपेन्द्रको शव ल्याइपुर्याउदा सिङ्गो गाउँ भावह्विल बन्यो । हुनत् उपेन्द्रको गएको अगष्ट १७ तारीख नेपाल फर्किने टिकट थियो । तर, उनको स्वास्थ्यमा समस्या भएपछि उनी नेपाल आउन पाएनन् । अन्ततः उनको विदेशी भूमिमै ज्यान गयो ।

विदेश गएको छोरो बाकसमा कैद बनेर फर्किदा परिवार र आफ्न्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा हेर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए भने कोही परिवारजनमा सहानुभूति र समवेदना । कोही त्यही बाकसमा अंगालो हालेर सुमसुम्याउदै डाँको छोडिरहेका थिए । मृत्यु भएको झण्डै एकसातापछि उपेन्द्रको लास गाउँमा आउदा गाउँ नै शोकाकुल भएको छ । खाउँखाउँ लाउँलाउँ उमेरको छोरो हाँस्दै रमाउदै सबैजनासँग बिदा मागेर गएको अचानक बाकसमा कैद बनेर फर्किदा बाबु वीरबहादुरको मन थामिएको छैन । उनकी आमाको आँखा घटना सुनेदेखि ओभाएका थिएनन् । ‘सबैसँग बिदा मागेर चाडै आउने भन्दै गएको छोरो अब कहिल्यै नआउने गरी बिदा भयो ’ बाबु वीरबहादुरले भन्नुभयो— ‘हामीले त कल्पना पनि गरेका थिएनौ, यस्तो पीडा व्यहोर्नु पर्छ होला भन्ने ।’ धन कमाउन विदेश गएको छोरो काठको बाकसमा लास बनेर फर्के पछि उनको परिवारमा यतिखेर निक्कै ठुलो चोट परेको छ । कमाउन हिडेको छोरोको लास बाकसमा फर्किदा कुन आमाको मन थामिएला कल्पना पनि गर्न सकिन्न । झापा मेचीनगर—६ काँकरभिट्टाको तल्लो भानुटोल निवासी खवास मलेसियामा सुरक्षा गार्डका रुपमा ८ वर्षदेखि कार्यरत थिए । अस्ली सेक्यूरटिी सर्भिस क्वालाल्मपुरमा उपेन्द्र कार्यरत थिए ।

उनको मृत्युको खवर सुनेदेखि  गाउँ सबै स्तब्ध र शोकमग्न थियो । सिङ्गो परिवार र गाउँले छोराको शवको प्रतिक्षामा थियो । बाकसमा उनको शव आउँदा सारा गाउँलेमा रुवाबासी मच्चियो । सोच्दै नसोचेको पीडा यतिखेर भानुटोलले व्यहोर्दैछ । छोराका मृत्युको खवर सुनेदेखि खवास परिवारको घरको चुल्होमा आगो बलेको छैन् । स्वर्गीय उपेन्द्रकी पत्नी हरिमायासहित ज्येष्ठ माता पिताका आँखाबाट आँसु रोकिएको छैन ।

आजभन्दा झण्डै आठवर्षअघि पैसा कमाउने, छोराछोरीलाई धेरै पढाउने उद्देश्यले उपेन्द्र मलेसिया पुगेका थिए । तर बिडम्बना उनको हृदयघातका कारण भदौ १४ गते मलेसियामा मृत्यु भयो । मध्यम वर्गाीय परिवारमा जन्मेका उपेन्द्रले नेपालमा बस्दा सम्म निक्कै संघर्ष गरे । कहिले सार्वजनिक सवारी साधनको सहचालक बने त कहिले सानो पसलसम्म चलाए । तर, यसबाट उनको घरको सवै गर्जाे टर्ने अवस्था नभएपछि विदेशभासिए ।

आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्यमानी हुँदैनन् । कतिले राम्रै संग पैसा कमाएर फर्कन्छन् भने कतिले विदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ । यस्तै एक प्रतिनिधि पात्र हुन् उपेन्द्र । वैदेशिक रोजगारीका लागि गएका उपेन्द्र अब कहिल्यै नफर्किने गरि बिदा भए । उनका १ श्रीमती १ छोरा र १ छोरी रहेका छन् । यी सँगै बाबुआमा समेत वृद्धअवस्थाका छन् । भाइ-बुहारी सहित उनी संयुक्त परिवारमा बसोबास गर्दै आएका थिए ।

उनका छोरा उत्सव भुजेल काठमाडौंँमा चार्टर एकाउन्टेन्ट पढ्दै छन् भने छोरी उरुषा भुजेल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छिन् । सामान्य आर्थिक अवस्थाका कारण विदेशीएका उपेन्द्रको निधनले घरपरिवारमा ठूलो क्षति पुगेको छ । छोराछोरी पढाउने हुर्काउने देखि बृवृद्धअवस्थाका सासु ससुराको रेखदेख देखि घरबार खर्च चलाउने जिम्मा अब उनकी श्रीमती हरिमायाको काँधमा आएको छ । स्वर्गीय उपेन्द्रको आइतबार स्थानीय मेची नदीमा अन्त्यष्टि गरिएको छ । देश रेमिटेन्सले नै चलेको छ । वार्षिक रुपमा आउने खर्बौ रुपैयाँ बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देश चलाउने ति युवाहरु भने रातो बाकसमा फर्कर्नु पर्ने बाध्यता छ ।

स्वदेशमा सुख नपाएर दु:ख गर्न विदेश पुगेका उनीहरु त्यहाँ पनि कम संघर्ष गर्न बाध्य छैनन् । हरेक युवाहरुको चाहना रोजगारीका लागि विदेश जानु नपरोस भन्ने नै हुन्छ । तर बाध्यताको अगाडि कसको के लाग्छ । अहिले देशले विदेश बाट युवाहरुले कमाएको रेमिटेन्स मात्र बुझिरहेको छैन । दैनिक रुपमा नेपाली युवा जवानको शव समेत बुझिरहन परेको दुःख लाग्दो अवस्था छ । अब देशले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ ताकि कुनै युवाहरुले विदेश मा आफ्नो ज्यान गुमाउनु नपरोस । विदेशिएका यूवालाई सकुशल स्वदेश फर्काउन वातावरण बन्नै पर्छ, राज्य जिम्मेवार हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.