दुई इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

A notice in Nepali from Mechinagar Ward No. 10

१३ पौंष, काठमाडौँ : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।

मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन समिति गठन गरिएको उनले बताए।

आइतबार अपराह्न आयोजनामा कार्यरत इन्जिनियर धुलिखेल नगरपालिका–४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर–२ का २६ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको थियो। आयोजनाको पाइपलाइन परीक्षण गर्ने क्रममा अगाडिको वल्डिङ विस्फोट भएर थापा र रेग्मीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट छ।

नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्जले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति दिलाउन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन माग गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.