अग्नि पीडित पौडेललाई राहत सामग्री

A notice in Nepali from Mechinagar Ward No. 10

१८ चैत, मेचीनगर : अग्नि पीडित झापा मेचीनगर —७ का चन्द्रबहादुर पौडेलको परिवारलाई शुक्रबार राहत सामाग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटि मेचीनगर उपशाखाले पीडित पौडेल परिवारलाई राहत सामाग्री उपलब्ध गराएको हो ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल रेडक्रस सोसाइटि मेचीनगर उपशाखा सभापति कुसुम कोइराला, सचिव लक्षेन्द्रप्रसाद यादव, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् मेचीनगर इञ्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष खेमराज ‐राजु) पोखरेललगायतले पीडित पौडेल उहाँकी श्रीमती सविता पौडेललाई राहत सामाग्री प्रदान गर्नुभएको थियो ।

सचिव यादवका अनुसार बाल्टिन, त्रिपाल, डोरीसहित भाडावर्तन, महिला तथा पुरुषकालागि आवश्यक लत्ताकपडा, ओडने कपडालगायतका राहत सामाग्री प्रदान गरिएको हो । विहिबार विहान पौडेलको घरमा विद्युत सर्ट भएर आग्लागी हुँदा करीव ६ लाख रुपैयाँ मुल्य बराबरको धनमाल डढेर क्षति भएको थियो ।

सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका पौडेल दम्पतिले आर्थिक अवस्था ज्यादैं न्यून भएकाले आफुहरुलाई सहयोग गरिदिन सवैसँग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.