पत्नी माइत बसेको झोंकमा एक व्यक्तिले आफ्नै खुट्टा छिनाले

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, कञ्चनपुर : पत्नी माइत गएको झोँकमा शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका अन्दाजी ४२ वर्षका गणेश लुहारले आइतबार)आफ्नै खुट्टा छिनाले (काटे) का छन्।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार छिमेकीको नल्का (ट्युबवेल) मा लुहारले आफैंले बञ्चरो हानेर आफ्नो खुट्टामा काटेका हुन्। लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।

लुहारले आफैँले बञ्चरो प्रहार गरी आफ्नै खुट्टा काटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काटिएको खुट्टासहित लुहारलाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगेको छ।

लुहार अहिले होसमै रहेको प्रहरीले बताएको छ। लुहारको मानसिक स्थिति ठिक नभएको स्थानीय बासिन्दाको भनाइ रहेको छ। लुहारकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्। माइतमा पत्नीसँग झगडा गरेर आजै घर फर्केका उनले आजै खुट्टा छिनालेका हुन्।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.