झापामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

२६ असार,  बिर्तामोड : शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा४२प १२८ नम्बरको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Exit mobile version