२० माघ, मेचीनगर : झापाको मेचीनगर—६ स्थित एसएस फूटवयेर जुत्ता उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएका छैन् । बिहान पौने ११ बजे उद्योगको स्टोर रुमबाट आगो शुरु भएको उद्योगका सञ्चालक श्याम पिन्टु खेतानले बताउनुभयो ।
विर्तामोड, भद्रपुर, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रसहित स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेका छन् । स्टोर रुम आरसीसी ठूलो भवन जलेर पुरै नष्ट भएको छ भने छेउछाउका भवनमा समेत क्षति पुगेको छ ।
विद्युत सट भएर आगो लागेको आशंका गरिएको छ । आगोलागिका कारण उद्योगका लागि चाहिने कच्चा पदार्थसहित अन्य सामान जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको काँकरभिट्टा प्रहरीले जनाएको छ ।





















