घान्द्रुक जिप दुर्घटनाका घाइते ८ जनाको मृत्यु, मृतक ७ जना काठमाडौंका विद्यार्थी

२५ असोज, पर्वत : कास्कीको घान्द्रुकस्थित अन्नपूर्ण गाउँपालिका १०–कलाभीरमा भएको जिप दुर्घटनामा परी घाइते भएका आठ जनाको ज्यान गएको छ।

गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ज्यान गुमाउनेमध्ये सात जना काठमाडौंबाट घान्द्रुक घुम्न गएका विद्यार्थी र एक जना जिप चालक घान्द्रुकका स्थानीय रहेको खुलेको छ।

ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमान क्षेत्री छन्। अन्य ज्यान गुमाउनेहरूमा  काठमाडौं महानगरपालिका–३ गंगबुका १८ वर्षीय जीनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन्।

सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको, उकालो र घुम्ती कटाउन लाग्दा जपि ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए। हमालका अनुसार सडकको माथिल्लो घुम्तीबाट जिप करिब दुई सय मिटर तल सोही सडकमा खसेको छ।

थाहाखबरबाट

Exit mobile version