मेचीनगरमा पुनःआगलागी : तीनवटा चौपाया मरे, दुईवटा घाइते, घरधनी अस्पताल भर्ना

बाटो नभएकै कारण बारुणयन्त्र पुग्न समस्या

A notice in Nepali from Mechinagar Ward No. 10

१० फागुन , मेचीनगर : झापाको मेचीनगर —७ काँकरभिट्टास्थित भान्सा खोलामा सोमाबर राति आगलागी हुँदा एउटा घर जलेर ध्वस्त भएको छ भने तीनवटा चौपाया मरेका मरेका छन् । गाई जोगाउने क्रममा घरधनी घाइते भएका छन् । व्याउने गाई र बाच्छो समेत डढेर घाइते छन् ।

स्थानीय रामप्रसाद उप्रेतीका अनुसार मुना गिरीको ग्वालीमा करीब ९ बजेतिर आगलागी भएको थियो । आगलागीका कारण गिरीको ग्वाली जलेर पुरै नष्ट भएको छ । ग्वालीमा बाधेका तीनवटा बाख्रा डढेर मरेका छन् भने व्याउने गाई र बाच्छो समेत डढेका छन् । गाईको डोरी खोल्न क्रममा घरधनी ६५ वर्षीय नारायण ठकुरी समेत घाइते भएका कारण आम्दा मेची अस्पताल धुलावारीमा उपचारकालागि भर्ना गरिएको छ । उहाँको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

विद्युत सर्ट भएर घटना भएको आशंका स्थानीयको छ । स्थानीयवासी, मेचीनगर नगरपालिकाको वारुणयन्त्रले समयमै आगो नियन्त्रणमा लिइएका कारण थप क्षति हुन बाट जोगाइएको स्थानीय जोगिया चौधरीको भनाई छ । बाक्लोसडक साघुरो भएका कारण बारुणयन्त्रलाई घटनास्थल पुग्न समय लागेको थियो । बाक्लो बस्ती रहेका गाउँका अधिकांश घर र ग्वाली चित्राका टाटीबेरा प्लाष्टिकले बेरेका छन् । त्यसकारण पनि आगलागी हुने वित्तिकै सबैतिर फैलिने गरेको छ । वस्ति बाक्लो भए पनि विपद्का बखत वारुणयन्त्र तथा अन्य सवारी साधन लैजानु परे जाने अवस्था छैन् । त्यसकारण पनि त्यो घटनालाई समयमै नियन्त्रणमा लिन गाहे भएको स्थानीयको भनाई छ ।

घटना पश्चात नगरप्रमुख विमल आचार्य र उपपप्रमुख मीना पोखरेल उप्रेतीले घटनास्थल पुगेर पीडित परिवार तथा अस्पतालमा सम्पर्क गरेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.