पाँच राजनीतिक दलले बुझाए मेचीनगरलाई ज्ञापन पत्र : बाहुनडाँगीलाई हात्ती कोरिडोर बनाउनबाट रोक्नुपर्ने माग

A notice in Nepali from Mechinagar Ward No. 10

 

५ साउन, मेचीनगर : झापा मेचीनगरका क्रियाशील पाँच राजनीतिक दलले मेची नदीमा जेसीवी प्रयोगको रोक र बाहुनडाँगीलाई हात्ती कोरिडोर बनाउनबाट रोक्नुपर्ने मागसहित स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

विहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा ‐एकिकृत) समाजवादी पार्टीले स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएको हो ।

जंगली हात्तीलाई कोरिडोर निर्माण गरेर नेपाल भित्रियाउँदा दशकौअघिदेखि जंगली हात्तीको उपद्रो व्यहोर्दै आएका बाहुनडाँगीवासीले थप क्षति र पीडा अनि विकराल समस्यालाई मध्यनजर गरी नगरको नीति र कार्यक्रमबाट कोरिडोर निर्माणाके कुरालाई हटाएर सौर्य तारबार मर्मत तथा सम्भार, दिगो संरक्षण र स्थायी तटबन्धनको उपायहरु अबलम्बन गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

विसं १९५० सालको सेरोफेरोदेखि मानव बस्तीकारुपमा रहेको बाहुनडाँगीक्षेत्रलाई विगतमा यो हात्ती कोरिडोर क्षेत्र थियो भन्ने कपोकल्पित निराधार र केही निजी स्वार्थमा खेल्न रमाउने असामाजिक तत्वहरुको प्रायोजनले बाहुनडाँगी बसोबासदेखि भााय निर्माण गरी प्रचारवाजी गर्ने दुष्प्रप्रयास विगतकेही दिनबाट भइरहेको समेत ज्ञापन पत्रमा उल्लेख छ ।

६÷७ वर्षसम्म अत्यन्तै प्रभावकारीरुपमा सञ्चालन भएको तारवारका कारणबथान हात्तीहरुको बाहुनडाँगीक्षेत्रमा प्रवेश रोकिनु र अहिले आएर चमत्कारी शैलीमा बथानहरु प्रवेश हुनु र प्रायोजित शैलीमा सौर्य तारबारको प्रभावकारितामाथि प्रश्न उठाइनु तथा आर्थिक वर्ष २०७९/०८० का लागि मेचीनगर नगरपालिकाले चारआलीदेखि मेची किनारसम्म हात्ती कोरिडोर निर्माण गर्ने नीति तथा कार्यक्रमले सौर्य तारबारलाई समाप्त पारिदिएको ज्ञापन पत्रमा उल्लेख छ ।

विगत केहीदिनयतादेखि नगरक्षेत्रका नदीहरुको नदीजन्य पदार्थ ढुंगा, गिटी बालुवाको अनुचीत दोहोनले किसानहरुको कुलो पैनीहरुमा नियमित सिञ्चाई गर्न नसकिएको, नदी कटानको समस्या बढ्दै गएको, र पानीको स्रोत गहिरिने वा सुक्ने समस्या समेत व्यहोर्नुपरेको बताइएको छ । यो समस्याबाट मेची नदी आसपासमा खेती किसानी गरेर जीविकोपार्जन गर्ने किसानहरु पनि अपवाद नभएको भन्दैं मेची नदीको नदीजन्य पदार्थलाई यान्त्रिक उपकरण प्रयोग गर्ने गरी ठेक्का लगाउँने भन्ने नगरसभाको कार्यक्रमलाई पुनः विचार गरी निन्दा, टिमाई, हडिया सो सरह व्यवहार गर्न दलले माग गरेका छन् ।

ज्ञापन पत्रमा नेपाली काँग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगर सह—इञ्चार्ज प्रकाश खड्का, जनता समाजवार्दी पार्टीका क्षेत्रीय सचिव विमलदेव काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ नम्बर प्रदेश सदस्य रमेश दाहाल र र नेकपा ‐एकिकृत) समाजवादी पार्टीका मेचीनगर सचिव हरिप्रसाद तिम्सिनाले हस्ताक्षर गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.