मौसममा बदली, बिहीबार रातीदेखि शनिवारसम्म वर्षाको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

२३ गते, काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) राति देशभर मौसम सामान्य बदली भई देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका पहाडी तथा तराइका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना  रहेको जनाएको हो । यस्तै महाशाखाका अनुसार देशभर सामान्य बदली रहनुका साथै विभिन्न भूभागमा बर्षा र हिमपातको सम्भावना रहेको बताईएको छ ।

त्यसैगरी शनिवार  सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा  बाँकी प्रदेशहरुका केही स्थानहरुमा  मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।

महाशाखाले भनेको छ,‘महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धी सूचनामा अध्यावधिक रहनहुन समेत अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.