सिन्धुपाल्चोकको ठोकर्पामा बस दुर्घटना हुँदा दुईको मृत्यु, ४१ घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

९ भदौ, सिन्धुपाल्चोक: ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।

घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.