२६ साउन, मेचीनगर : झापाको मेचीनगरमा विहीबार बिहान भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर —६ काँकरभिट्टाका अन्दाजी ४० वर्षीय चेतनाथ फूयेँलको उपचारका क्रममा निधन भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले यसको पुष्टि गरेको छ । प्रहरीका अनुसार काँकरभिट्टा बसपार्कबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख १६०२ नम्बरको यात्रुबाहक उरिता यातायातले पूर्व—पश्चिम लोकमार्ग अन्तर्गत काँकरभिट्टा सडक खण्डको मेचीनगर–६ पुरानो भन्सारमा बिहान पौने ९ बजेतिर पैदलयात्री फूयेँलालाई ठक्कर दिइएको थियो । बाटो काट्ने क्रममा बसको ठक्क्रबाट गम्भीर घाइते भएका फूयेँलाई उपचारका लागि बिर्तामोड स्थित विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा दिउसो साढे २ बजेतिर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्करदिने बससहित चालक गौरीगञ्ज—४ का २४ वर्षीय प्रकाश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी नियन्त्रणमा रहेका कार्कीसँग घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





















