निरौंला भन्सार समन्वय समितिकाे सभापतिमा मनाेनयन

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा , २३ असार/ उद्योगी माेहन निरा‌ैला प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ अन्तरगतकाे भन्सार समन्वय समितिकाे सभापतिमा मनाेनयन हुनुभएकाे छ ।

झापा मेचीनगर -६ काँकडभिट्टा निवासी निराैललाई बुधबार समितिकाे सभापतिमा मनाेनयन गरिएकाे प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष टिकाराज ढकालले बताउनुभयाे । अध्यक्ष ढकालले भन्सार समन्वय समितकाे सभापतिमा मनाेनयन गरिएकाे पत्र प्रदान गर्दै जानकारी समेत गराउनु भएकाे छ ।

महासंघलाई सशक्त रूपमा अगाडि बढाउने कार्यमा निरा‌ैला नेतृत्वकाे समितिले महत्वपुर्ण याेगदान दिने र गतिविधिहरू क्रियाशील बनाउने कार्यमा पुर्ण सहयाेग पुग्ने महासंघले विश्वास लिइएकाे अध्यक्ष ढकालकाे भनाई छ । नवनियुक्त सभापति निराैलाले महासंघले जुन विश्वास र सपना देखेर आफुलाई सभापति पदमा मनाेनयन गरेकाे छ त्यसप्रति धन्यवाद दिदैं आफ्नाे कार्यकालमा महासंघकाे गरिमालाई अझ उच्च बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

काेभिड १९ का कारण सुस्ताएकाे उद्योग व्यवसायलाई चलायमान बनाउन आफुले भूमिका खेल्ने उहाँकाे भनाई छ । बजरंग ट्रेड कन्सर्नका सञ्चालक निराैला मेची भन्सार एजेण्ट संघका अध्यक्ष, मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष, राेटरी क्लव अफ काँकडभिट्टाका पुर्व अध्यक्षसहित राजनीतिक र सामाजिकक्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ । सादा जीवन उच्च विचारका धनी निराैलाले सफल व्यवसायीकारूपमा आफ्नाे पहिचान स्थापित गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.