नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, करिब १८ अर्ब कारोबार

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, काठमाडौं : नेप्से परिसूचक आज ५१.८६ अंकले बढ्दै ३,१६१.४४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

यसअघिको उच्च विन्दु गत बुधबार (साउन २५) गते ३,१२३.१५ रहेको थियो । आज ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २९७ रूपैयाँ कारोबार भएको छ । यो रकम गत जेठ ३१ गतेपछिको सबैभन्दा बढी हो ।

आज विकास बैंक र फाइनान्स कम्पनीमा उछाल आउँदा नेप्से उच्च अंकले बढ्न सफल भएको हो । विकास बैंकको सेयर मूल्य ८.०७ र फाइनान्स समूहको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ । आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज अपर तामाकोशीको ७० करोड कारोबार हुँदा ज्योति विकास बैंकको ३५ करोड बराबरको सेयर कारोबार भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको सेयर ४.१० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.