७ असोज, काठमाडौं : एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक-२०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतबाट पारित भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक निर्णयार्थ प्रस्ताव गर्न अनुमति दिएका थिए ।
सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट विधेयक पारित भएको थियो ।
प्रतिनिधिसभामा अर्थमन्त्री शर्मा राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथि भएको छलफलपछि विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । र, सदनले बहुमतबाट पारित गरेको थियो ।
























