पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

१९ फागुन, काठमाडौँ : रुसले युक्रेनमाथि आक्रमण गरे पछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ रेकर्ड बनाएसँगै त्यसको असर नेपालमा पनि परेको छ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आए पछि नेपाल आयल निगमले पनि बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो। मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य एक सय ३३ रुपैयाँ पुगेको छ।

यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर बढेको वृद्धि गरेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो। मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.