टेलिकमले ल्यायो होली अफर, १५ दिन कायम रहने

A notice in Nepali from Mechinagar Ward No. 10

२ चैत्र, काठमाडौँ :  नेपाल टेलिकमले होली पर्वका अवसरमा अनलिमिटेड डाटासहितको अफर ल्याएको छ।

यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। यो अफर अन्तर्गत  ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरुको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको भन्दै यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.