चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा तीन अर्ब १७ करोड १९ लाख ९७ हजार थान विद्युतीय चुरोट आयात

A notice in Nepali from Mechinagar Ward No. 10

२५ जेठ, काठमाडौँ : पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा तीन अर्ब १७ करोड १९ लाख ९७ हजार थान विद्युतीय चुरोट आयात भएको छ । विभागको तथ्याङ्क अनुसार १८ करोड बढीको विद्युतीय चुरोट आयात भएको छ । दश महिनामा १८ करोड ५९ लाख ५४ हजार बराबरको विद्युतीय चुरोट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही समयमा ३३ करोड ८८ लाख २४ हजार थान विद्युतीय चुरोट आयात भएको थियो । सो मात्रामा चुरोट आयात गर्दा एक करोड ७७ लाख ७८ हजार रुपियाँ बाहिर गएको थियो ।

चालू आर्थिक वर्षको १० महिनामा विद्युतीय चुरोटमार्फत ११ करोड ६८ लाख ४८ हजार राजश्व सङ्कलन भएको छ । नेपालमा सबैभन्दा बढी विद्युतीय चुरोट चीनबाट आयात हुने गरेको छ । चीनबाट मात्रै तीन अर्ब १२ करोड ६१ लाख २५ हजार थान विद्युतीय चुरोट आयात भएको छ ।

यस्तै अमेरिकाबाट दुई करोड ६५ लाख ६४ हजार थान, युएई बाट एक करोड नौ लाख ६७ हजार थान, मलेसियाबाट ५६ लाख २३ हजार थान, बेलायतबाट ११ लाख थान, कोरियाबाट आठ लाख,भारतबाट चार लाख ६६ हजार, हङ्कङबाट तीन लाख ५० हजार विद्युतीय चुरोट आयात भएको छ ।

के हो इलेक्ट्रिक चुरोट ?

इलेक्ट्रिक चुरोट एक प्रकारको इलेक्ट्रिक इन्हेलर हो । यो निकोटिन तथा अन्य रासायनिक पदार्थ मिसाइएको हुन्छ । यो इनहेलले ब्याट्रीको ऊर्जाबाट तरल पदार्थलाई बाफमा परिणत गर्दछ । जसले गर्दा यो प्रयोग गर्नेलाई चुरोट सेवन गरेजस्तो लाग्दछ । जसमा विभिन्न स्वाद मिसाइएको हुन्छ ।

यसले स्वास्थ्यमा असर गर्छ कि गर्दैन ?

स्वास्थ्यविद् डा बाबुराम मरासिनीका अनुसार निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार विद्युतीय चुरोट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

यो मानवीय स्वास्थ्यका लागि निकै हानिकारक पनि रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, मानिसलाई धेरै लत लगाउनका लागि बढी रासायनिक पदार्थको प्रयोग पनि भएको हुन सक्छ । त्यसकारण यसको प्रयोग स्वास्थ्यका लागि निकै हानिकारक छ ।

उहाँका अनुसार नेपालका प्रयोगशालाहरूमा यस्ता इलेक्ट्रिक चुरोटको ल्याब टेस्ट गर्ने परम्परा नै नभएका कारण यसले मानिसको शरीरमा गम्भीर असर निम्त्याउन सक्नेछ । दमको समस्या भएकाले यसको प्रयोग गर्दा समस्या झन् बढ्ने उहाँ बताउनुहुन्छ । यसको प्रयोग लामो समय गर्दा कालान्तरमा दम रोग निम्तने जोखिम समेत रहने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विद्युतीय चुरोट आफैँले पनि फोक्सोमा फाइब्रोसिस गराउँछ । फाइब्रोसिस भनेको फोक्सोको तन्तुहरूको आकार बढ्नु तथा दाग देख्नु हो । जसले फोक्सोलाई बिगार्छ र फोक्सोको क्यान्सर समेत हुन सक्छ ।”

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.