प्रमुख ५ नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास चोभारबाट पनि

A notice in Nepali from Mechinagar Ward No. 10

३ चैत, काठमाडौँ : काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लगाएको छ ।

बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले चोभार सुख्खा बन्दरगाहका लागि आन्तरिक परिवहनको सुविधा दिने जनाएको हो ।

यस्तो सुविधा अन्तर्गत स्रोत मुलुकबाट आएकै सवारी साधन वा भित्रिएको नाकामा पल्टी गरेर अर्को सवारी साधनमा जीपीएस ताला लगाएर काठमाडौंमै भन्सार जाँच पास गर्ने गरी माल वस्तु ल्याउन सकिने भन्सार विभागले जनाएको छ ।

यस्तो सुविधा अन्तर्गत अब भारततर्फ सीमा जोडिएका पाँच प्रमुख नाकाबाट भित्रिने मालवस्तुको भन्सार जाँचपास काठमाडौं ल्याएरै गर्न सकिने छ ।

आन्तरिक परिवहनको सुविधाका लागि वीरगञ्ज, मेची, विराटनगर, भैरहवा र सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियालाई तोकिएको छ ।

ती भन्सार नाकाहरुबाट भित्रिने मालबाहक सवारी साधनहरुलाई पल्टी गरेर वा आएकै साधनमा जीपीएस ट्र्याकिङ गरेर ७२ घण्टा भित्रै काठमाडौं सुख्खा बन्दरगाह आइपुग्नु पर्ने मन्त्रालयको सूचनामा भनिएको छ ।

जीपीएस ताला र यसको ट्रयाकिङको सम्पूर्ण कार्य सुख्खा बन्दरगाह भन्सार कार्यालय चोभारलाई दिइएको छ । सीमा क्षेत्रको नाकाबाट भित्री भागमा रहेको पहिलो चोभार बन्दगाह गत साउनमा निर्माण सम्पन्न भएको थियो । सो बन्दरगाह सञ्चालनका लागि गत महिना सरकारले चोभार क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो ।

हेर्नुहोस् मन्त्रालयको सूचनाः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.